२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।

सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमित परेको वर्षाका कारण उपत्यकाभित्रका केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या परेको बताउनुभयो । “ठूलो पानी परेपछि साघुँरा, खल्डाखुल्डी भएका सडकमा पानीको निकास नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “सडकका खाल्डोमा पानी जम्दा सवारी आवागमनमा समस्या भएको हो ।”

भट्टका अनुसार उपत्यकाभित्र दैनिक सवारी साधनको सङ्ख्या बढे पनि बाटो नबढ्दा लामो समयसम्म सावरी जाम हुने गरेको छ । “कार्यालय समयमा बढी जाम हुने गरेको हो”, उहाँले भन्नुभयो, “उपत्यकामा दिनानुदिन जनसङ्ख्या बस्ती बढेको छ । सडक विस्तार तथा पूर्वाधार निर्माणको अवस्था उस्तै छ ।”

काठमाडौँ उपत्यकामा विसं १९५८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारीसाधन बोकाएर काठमाडौँ ल्याउनुभएको थियो । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै अहिले सवारी साधनको सङ्ख्यासमेत उल्लेख्य रुपमा बढेको छ ।

हाल देशभर झन्डै ३५ लाख र बागमती प्रदेशमा मात्रै १८ लाखभन्दा बढी सवारी साधन रहेका यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै १३ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

नेपालमा विं २००४ देखि विधिवत् रुपमा सवारी साधन दर्ता प्रक्रिया सुरु भए पनि विसं २००७ देखि मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो ।

कम बाटो र सीमित सवारीसाधनका कारण विसं २०१२ मा केन्द्रीय ट्राफिक कम्पनीका रूपमा एक सय २५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गरेका महाशाखाका प्रवक्ता भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हाल एक हजार आठ सय ट्राफिक प्रहरी कार्यरत छन् । काठमाडौँ उपत्यकाभित्र दुई हजार किलोमिटर सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक भने पाँच सय किलोमिटर मात्र रहेको उहाँले जानकारी दिनुभयो ।रासस