८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्दासुत्दै झट्का किन लाग्छ ? गहिरो निद्राका लागि अप्नाउनुहोस् यस्तो सजिलो उपाय !



अ+ अ-

काठमाडौं । स्वस्थ्य तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ ।

यसकारण लाग्नसक्छ सुत्दासुत्दै झट्का :

कतिजनालाई सुतिरहेका समयमा अचानक झट्का महसुस हुन्छ । कसैलाई गहिरो निद्रामा सुतिरहेका बेला अचानक झट्का महसुस हुने गर्छ । त्यतिमात्र होइन, कतिपयलाई त झट्काकै कारण सुतिरहेको बेलामै पनि तल झरेजस्तो समेत महसुस हुन्छ । संसारका झण्डै ७० प्रतिशत मानिसले यस्तो झट्का महसुस गरिरहेका हुन्छन् । यसको मतलब के पनि हो भने मानिसहरू न त पूरै सुतेका हुन्छन्, न त पूरै उठेका नै हुन्छन् । कतिपयलाई भने डर, त्रास, अनिद्रा तथा निद्रा सम्बन्धी अन्य समस्याका कारण पनि यस्तो हुने गर्छ ।

यस्तो कुरा केही समयका लागि मात्र महसुस हुने गर्छ त्यसैले यसकै कारण मानिसको मृत्यु भने हुँदैन । त्यसैले त, यस्तो समस्या हुने व्यक्तिहरूले खासै गम्भीर समस्या भएको महसुस गर्दैनन् । यस्तो समस्या बारम्बार दोहोरिरहेको खण्डमा भने मानिसलाई अवश्य पनि एन्जाइटीको समस्या हुनसक्छ । साथै यसले निद्रा समेत बिगार्नसक्ने हुँदा जो कोही पनि यस्ता कुराबाट टाढै रहन चाहन्छन् ।

सुत्दा झट्का महसुस हुने कारण :

१) क्याफिनको बढी प्रयोग- तनाव वा सुत्नुअघि मदिरा तथा क्याफिनको सेवनका कारण पनि बारम्बार यस्तो झट्का महसुस हुने गर्छ । यद्यपि यसको वैज्ञानिक पुष्टि भने भएको देखिँदैन ।

२) आइरनको कमी- साँझको समयमा धेरै एक्सरसाइज गर्दा तथा क्याल्सियम, म्याग्नेसियम एवं आइरनको कमी हुँदा यस्तो झट्का बारम्बार महसुस हुने गर्छ ।

३) निद्राको कमी- जब हामी सुत्ने कोसिस गर्छौं तब हाम्रो मस्तिष्क अर्धचेत अवस्थामा रहने गर्छ । यस्तो अवस्थामा मस्तिष्कको आधा भाग सक्रिय रहन्छ । त्यसबाहेक सुत्दा नमिलेमा वा अप्ठ्यारो गरी सुतेमा समेत यस्तो झट्का महसुस हुने गर्छ ।

४) उत्तेजित पार्ने तत्व- नसालाई उत्तेजित पार्ने औषधीका कारण वा चिकित्सकको सल्लाहविना सेवन गरिएका विभिन्न औषधीहरूको प्रयोगले पनि हाइपनिक जर्क हुनसक्छ ।

५) मांसपेशीको ऐँठन- कतिपय अवस्थामा मांसेपेशीमा हुने ऐँठनका कारण पनि हाइपनिक जर्क हुने गर्छ । विशेषगरी, मांसपेशीमा ऐँठन भएमा शरीरमा घर्षण पैदा हुन्छ, जसका कारण मांसपेशीबाट आवाज निस्कन्छ र शरीरले झट्का महसुस गर्छ ।

६) निद्रा र अनिद्राबीचको अवस्था- सामान्यतया सुतिरहँदा हाम्रो मस्तिक निद्रा र अनिद्राको बीचको स्थितिमा रहने गर्छ । यो यस्तो स्थिति हो, जसमा मस्तिकले गहिरो निद्रा लिने भरपूर कोसिस गरिरहेको हुन्छ । यो मस्तिष्कको संक्रमण काल पनि भएकाले यही अवस्थाका कारण शरीरले बारम्बार झट्का महसुस गर्छ ।

मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन् :

१) सुत्ने तालिका- सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी बसालेमा अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।

२) खानेकुरा- तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् ।

३) नुहाउनु- शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुपर्छ ।

४) बत्ती- बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

५) मोबाइल- सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।

६) चुरोट- चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

७) लेख्ने- अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको मनोचिकित्सकले बताउने गरेका छन् । उनीहरू यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने सुझाव छ ।

८) सकारात्मक सोच राख्नुस्न- सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर निद्रामा पर्छ ।

९) दिउँसो नसुत्ने- राति सुत्नाले शरीरले आवश्यक आराम पाउँछ र उठेपछि स्वस्थ र फुर्तिलो महसुस हुन्छ। दिउँसो सुत्नै परे भरसक बिहानीपख वा मध्यान्हअघि सुत्ने र २० मिनेटभन्दा बढी नसुत्ने । दिउँसो निद्रा लागे केहीबेर हिँड्ने, एक गिलास चिसो पानी पिउने वा कुनै साथीसँग एकछिन फोनमा कुरा गर्ने।