• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति



काठमाडौँ । अवरुद्ध संसद् सुचारु गर्न दलहरुबीच दुई बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा दुई बुँदे सहमतिको मस्यौदा तयार भएको  छ ।

सुन तस्करी प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्ने दलहरुबीच सहमति भएको छ ।

यस्तै, इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी भएको घटनासहित सुन तस्करीसम्बन्धी सबै घटनाका सम्बन्धमा आयोग गठन गर्ने सहमति पनि भएको छ । तर आयोग असोज ५ मा गठन भएर त्यसपछि मात्रै कार्यान्वयनमा आउने छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । संसद्को अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।