४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जिम्बावेका पूर्व कप्तान स्ट्रीकको निधनको अफवाह कसरी फैलियो ?

जिम्बावेका पूर्व कप्तान स्ट्रीकको निधनको अफवाह कसरी फैलियो ?
अ+ अ-

एजेन्सी । जिम्बावेका दिग्गज क्रिकेटर हिथ स्ट्रीक जिवितै रहेका छन् । उनको मृत्युको खबर सबैभन्दा पहिले पूर्व टिममेट हेनरी ओलांगाले सामाजिक सञ्जालमा दिएका थिए । पछि उनले पोस्ट हटाए ।

समाचार एजेन्सी एएनआईका अनुसार मिड डे अखबारसँगको कुराकानीमा स्ट्रीकले भने – ‘सोसल मिडियाको जमानामा कसैको मृत्युको खबर बिना पुष्टि फैलाउन सकिन्छ भन्ने थाहा पाउँदा म निकै दुखी छु ।’

हेनरी ओलांगाले सामाजिक सञ्जाल पोस्टमा लेखेका थिए, ‘दुःखद खबर आएको छ कि हिथ स्ट्रीक अब अर्कै संसारमा गएका छन् । जिम्बावे क्रिकेटका महान क्रिकेटरको आत्माले शान्ति पाओस । तपाईंसँग खेल्न पाउनु सम्मानको कुरा हो ।’

एक घन्टापछि हेनरीले भने– ‘स्ट्रीक जिवित छन्, मैले उनीसँग कुरा गरेँ । उनको मृत्युको खबर निकै छिटो फैलियो । तेस्रो अम्पायरले उनलाई फिर्ता बोलाए । उनी जीवित छन् ।’

अलराउन्डर स्ट्रीकको अन्तर्राष्ट्रिय करियर १२ वर्षको थियो । उनले अक्टोबर २००५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । स्ट्रीक सन् २००० देखि २००४ सम्म जिम्बावेका कप्तान थिए ।

स्ट्रीकले ६५ टेस्ट र १८९ एकदिवसीय क्रिकेट खेले । दुवै फर्म्याटमा ४९३३ रन बनाएका छन् भने ४५५ विकेट लिएका छन् । उनले टेस्टमा १९९० र एकदिवसीयमा २९४३ रन बनाएका छन् ।

स्ट्रीक अहिलेसम्म टेस्टमा १००० रन र १०० विकेट र एकदिवसीयमा २०० रन र २०० विकेट पूरा गर्ने एकमात्र जिम्बावे खेलाडी हुन् ।

स्ट्रीकले सन् १९९३ मा पाकिस्तानविरुद्ध कराँचीमा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । रावलपिंडीमा भएको दोस्रो टेस्टमा ८ विकेट लिएका थिए । वेस्ट इन्डिजविरुद्ध हरारेमा खेलेको १२७ रनको इनिङ्स उनको टेस्ट करियरको एकमात्र शतक हो ।

सन्यास पछि, स्ट्रीकले बंगलादेशको प्रशिक्षकको रूपमा काम गरे । उनी २०१८ मा दुई पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) को बलिङ प्रशिक्षक पनि थिए ।