• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट सम्झौता ★   बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ: प्रधानमन्त्री ★   सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ: मेयर साह ★   ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ★   दुर्लभ पाटे बाघ मृत भेटियो ★   नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा ★   सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला ★   सन्दीप टिममा जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छ: पारस खड्का (अन्तरवार्ता) ★   लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा ! ★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी

बूढीनन्दामा सरकारी पूजा गरिने



बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा पहिलोपटक सरकारीस्तरबाट पूजा गरिने भएको छ । आउँदो शनिबार सरकारी टोली पूजा सामग्री लिएर बूढीनन्दा प्रस्थान गर्ने छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा बाजुरा, जुम्ला, डोटी र कालीकोटमा सरकारी पूजा हुने भए पनि बूढीनन्दामा भने योभन्दा पहिले सरकारी पूजा हुने गरेको थिएन । धार्मिकस्थल बूढीनन्दामा पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट पूजाका लागि सरकारी टोली जाने भएको बूढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले जानकारी दिनुभयो ।

बडिमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोली जाने भए पनि यो वर्षदेखि बूढीनन्दामा पनि पूजा सामग्रीसहितको सरकारी टोली जाने सर्वपक्षीय बैठकबाट निर्णय भएको नगर प्रमुख बोहराले बताउनुभयो । धार्मिकस्थल बूढीनन्दा ओझेलमा राखी बडिमालिकालई मात्रै बढी महत्त्व दिने गरेको हुँदा आफूले यस्तो प्रस्ताव गरेको उहाँको भनाइ थियोे । सरकारी टोली पूजाका लागि आउने भएपछि स्थानीयवासीसमेत खुसी भएका छन् ।

साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने धार्मिक तीर्थस्थल बडिमालिका र बूढीनन्दा मन्दिरमा भक्तजन पुगेर पूजाआजा गर्ने प्रचलन छ ।

जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा विशेष पूजा हुने भएकाले भक्तजन वर्षे झरीको परवाह नगरी बडिमालिका माताको दर्शन गर्न उक्त क्षेत्रमा पुग्ने गर्दछन् । बडिमालिका जानुपूर्व भक्तजनले त्रिवेणीमा स्नान गरी मन्दिर परिसरमा जाने गरेका छन् ।

त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने र पितृ तर्नाका साथै आफूले चिताएको सबै कुरा पूरा हुने जनविश्वास रहेको बडिमालिका मन्दिरका पुजारी भोजराज पाध्यायले बताउनुभयो । बडिमालिका माताको दर्शनपछि नि:सन्तानले सन्तान पाउने, रोग हट्ने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

चार शक्ति पीठमा एकै साथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडिमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकै साथ पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेका ती चार शक्ति पीठमा आ–आफ्नै ठाउँमा पूजा आरधाना गरेर मेला भर्ने गरिन्छ ।

बडिमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकै साथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडिमालिकालगायत अन्य तीर्थयात्रा जान नपाइने धार्मिक मान्यता रहिआएको छ । बडिमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा कुनै क्षति हुनसक्ने जनविश्वास रहिआएकाले आ–आफ्नै ठाउँमा पूजा वा मेला लाग्ने गरेको बताइन्छ । रासस