११ असार २०८३, बिहीबार
,
Latest
होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढीनन्दामा सरकारी पूजा गरिने



अ+ अ-

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा पहिलोपटक सरकारीस्तरबाट पूजा गरिने भएको छ । आउँदो शनिबार सरकारी टोली पूजा सामग्री लिएर बूढीनन्दा प्रस्थान गर्ने छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा बाजुरा, जुम्ला, डोटी र कालीकोटमा सरकारी पूजा हुने भए पनि बूढीनन्दामा भने योभन्दा पहिले सरकारी पूजा हुने गरेको थिएन । धार्मिकस्थल बूढीनन्दामा पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट पूजाका लागि सरकारी टोली जाने भएको बूढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले जानकारी दिनुभयो ।

बडिमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोली जाने भए पनि यो वर्षदेखि बूढीनन्दामा पनि पूजा सामग्रीसहितको सरकारी टोली जाने सर्वपक्षीय बैठकबाट निर्णय भएको नगर प्रमुख बोहराले बताउनुभयो । धार्मिकस्थल बूढीनन्दा ओझेलमा राखी बडिमालिकालई मात्रै बढी महत्त्व दिने गरेको हुँदा आफूले यस्तो प्रस्ताव गरेको उहाँको भनाइ थियोे । सरकारी टोली पूजाका लागि आउने भएपछि स्थानीयवासीसमेत खुसी भएका छन् ।

साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने धार्मिक तीर्थस्थल बडिमालिका र बूढीनन्दा मन्दिरमा भक्तजन पुगेर पूजाआजा गर्ने प्रचलन छ ।

जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा विशेष पूजा हुने भएकाले भक्तजन वर्षे झरीको परवाह नगरी बडिमालिका माताको दर्शन गर्न उक्त क्षेत्रमा पुग्ने गर्दछन् । बडिमालिका जानुपूर्व भक्तजनले त्रिवेणीमा स्नान गरी मन्दिर परिसरमा जाने गरेका छन् ।

त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने र पितृ तर्नाका साथै आफूले चिताएको सबै कुरा पूरा हुने जनविश्वास रहेको बडिमालिका मन्दिरका पुजारी भोजराज पाध्यायले बताउनुभयो । बडिमालिका माताको दर्शनपछि नि:सन्तानले सन्तान पाउने, रोग हट्ने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

चार शक्ति पीठमा एकै साथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडिमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकै साथ पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेका ती चार शक्ति पीठमा आ–आफ्नै ठाउँमा पूजा आरधाना गरेर मेला भर्ने गरिन्छ ।

बडिमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकै साथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडिमालिकालगायत अन्य तीर्थयात्रा जान नपाइने धार्मिक मान्यता रहिआएको छ । बडिमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा कुनै क्षति हुनसक्ने जनविश्वास रहिआएकाले आ–आफ्नै ठाउँमा पूजा वा मेला लाग्ने गरेको बताइन्छ । रासस