३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै मितिमा मुकुनका दुई चलचित्र हलमा लाग्दै



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने ।

चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘झिङ्गेदाउँ’ व्यावसायिक रुपमा सफल भयो ।

“पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्याङ्कन गरिदियो । यी दुवै चलचित्रमार्फत म भित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ”, अभिनेता भुसालले भने, “रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले दुवै चलचित्रमा काम गर्नुपर्छ ।”

दुई चलचित्रमार्फत फरकरुपमा सफलता पाउनुभएका अभिनेता भुसालले अभिनय गरेको ‘ऐँचो पैँचो’ र ‘गणपति’ दुई चलचित्र एउटै मिति भदौ १४ मा प्रदर्शन हुँदैछ । दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता भुसाल भने समान छन्।

“मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो”, अभिनेता भुसालले भने, “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ । यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ ।”