१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै मितिमा मुकुनका दुई चलचित्र हलमा लाग्दै



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने ।

चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘झिङ्गेदाउँ’ व्यावसायिक रुपमा सफल भयो ।

“पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्याङ्कन गरिदियो । यी दुवै चलचित्रमार्फत म भित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ”, अभिनेता भुसालले भने, “रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले दुवै चलचित्रमा काम गर्नुपर्छ ।”

दुई चलचित्रमार्फत फरकरुपमा सफलता पाउनुभएका अभिनेता भुसालले अभिनय गरेको ‘ऐँचो पैँचो’ र ‘गणपति’ दुई चलचित्र एउटै मिति भदौ १४ मा प्रदर्शन हुँदैछ । दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता भुसाल भने समान छन्।

“मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो”, अभिनेता भुसालले भने, “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ । यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ ।”