३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

बैठकले साउन २० देखि ३० गतेसम्म राष्ट्रव्यापीरूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो ।

सोहीबमोजिम प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिले समेत खटाएका प्रतिनिधिसँग समन्वय र परामर्श गरी निर्धारित कार्ययोजनाअनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमितिसम्मका कार्यक्रम तोकिएबमोजिमको समयसीमाभित्रै सम्पन्न गरिएका छन् ।

प्रतिकूल मौसम र विभिन्न जिल्लामा विभिन्न खाले रोग फैलिएको जोखिमपूर्ण अवस्थामा पनि पार्टीको निर्धारित कार्यक्रम सम्पन्न गर्न उत्साहकासाथ अहोरात्र खटिनुहुने सबैमा पार्टीले धन्यवाद ज्ञापन गरेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

अभियानले पार्टीको साङ्गठानिक अवस्थाबारे विधानसम्मत भए नभएको साक्षात परीक्षण गरिएको र पार्टी सङ्गठनलाई चुस्तदुरुस्त बनाउने महत्त्वपूर्ण कार्य गरेको केन्द्रीय कार्यालयको बुझाइरहेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

अभियानबाट कांग्रेसले लिएको वर्तमान नीति र रणनीतिका कारण मुलुकका तीनै तहका निर्वाचनमा पार्टीले पहिलो स्थान कायम गर्न सफल भई सङ्घीय सरकारमा मुख्य साझेदार दल तथा चारवटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण सबैलाई बुझाउने काम भएको पार्टी कार्यालयले जनाएको छ ।

जनताको दैनिक जनजीवनका समस्यालाई गहिरोसँग बुझ्ने र राज्यको ध्यानाकर्षण गराउनुपर्ने विषयलाई प्रतिनिधिले आत्मसात् गर्दै भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा कांग्रेस शून्य सहनशीलताको नीति लिन्छ र ‘कोही पनि दोषी नछुटुन र कोही निर्दोष नफसुन’ भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने गरेको वास्तविक कुरालाई जनसमक्ष बुझाउन अभियान सफल भएको छ ।

अभियानअन्तर्गत निर्वाचनमा पार्टीले जारी गरेको संकल्प पत्रअनुसार जनप्रतिनिधिले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा सङ्कल्प–पत्रको आधारमा कार्य गर्न तथा आवश्यक समन्वय र सहजीकरण गर्ने गराउने कार्य भएको केन्द्रीय सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।

समग्रमा अभियान पाँच वा पाँचभन्दा कम निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सहज भए तापनि विकट पहाडी तथा हिमाली जिल्लामा मौसमका कारण र पाँचभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा समेत समयभाव भएको प्रतिनिधिको गुनासोलाई मध्यनजर गरी आगामी कार्यक्रम थप व्यवस्थित गर्दै लगिने पार्टी कार्यालयले जनाएको छ ।

अविरल वर्षा, बाढी पहिरो, डेङ्गु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदायनै गम्भीररुपमा प्रभावित भएकाले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी सङ्गठनलाई आह्वान गर्ने र यही भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको उहाँले जानकारी बताउनुभयो ।