२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने नजाने



अ+ अ-

काठमाडौँ । पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने सहभागी नहुने भएका छन् ।

बिरामी भएका कारण उनी टिमसँग नजाने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरे । सन्दीप के बिरामी भएको भन्नेबारे खुलाइएको छैन ।

तर, चन्दले सन्दीप फिट भएपछि जाने बताएका छन् । सन्दीप राष्ट्रपति कार्यालयमा मंगलबार भएको बिदाइ समारोहमा पनि सहभागी भएनन् ।

त्यसअघि पशुपतिनाथ पुगेर क्रिकेट टोलीले दर्शन पनि गरेका थिए । त्यसमा पनि सन्दीप सहभागी भएनन् । एसिया कप भदौ १३ गतेदेखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुहोस्: नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना