• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने नजाने



काठमाडौँ । पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने सहभागी नहुने भएका छन् ।

बिरामी भएका कारण उनी टिमसँग नजाने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरे । सन्दीप के बिरामी भएको भन्नेबारे खुलाइएको छैन ।

तर, चन्दले सन्दीप फिट भएपछि जाने बताएका छन् । सन्दीप राष्ट्रपति कार्यालयमा मंगलबार भएको बिदाइ समारोहमा पनि सहभागी भएनन् ।

त्यसअघि पशुपतिनाथ पुगेर क्रिकेट टोलीले दर्शन पनि गरेका थिए । त्यसमा पनि सन्दीप सहभागी भएनन् । एसिया कप भदौ १३ गतेदेखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुहोस्: नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना