२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडल्ट सर्टिफिकेका कारण फिल्मका कलाकार आरूषले नै हेर्न पाएनन् ‘ओएमजी २’



अ+ अ-

एजेन्सी । फिल्म ‘ओह माइ गड २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । फिल्मले १० दिनसम्म आइपुग्दा ११३.६७ करोड भारू कमाएको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यौन शिक्षामा आधारित यो फिल्म रिलिजअघि विवादमा परेको थियो । निर्माताहरू यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनू भन्ने चाहन्थे । तर सेन्सर बोर्डले फिल्मको २७ दृश्य परिमार्जन गर्दै एडल्ट सर्टिफिकेट दियो ।

यसैबीच, फिल्मका कलाकार आरूष वर्माले किशोरावस्थाको हुँदा आफूले फिल्म हेर्न नपाएको गुनासो गरेका छन् ।

‘मलाई आफ्नो पहिलो फिल्म हलमा हेर्न नपाउँदा दुःख लागिरहेको छ । मलाई थोरै नराम्रो लाग्यो र थोरै रिस पनि उठ्यो यदि सेन्सर बोर्डले कुनै निर्णय गर्छ भने त्यो सबैलाई फाइदा हुने खाल्को हुनुपर्छ । ओ माइ गड २ लक्षित उमेर समूहका दर्शकले हेर्न पाएनन् ।’ उनले भारतीय सञ्चारमाध्यममा भनेका छन् ।

अमित रायको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अक्षय कुमार, पंकज त्रिपाठी र आरूष वर्मासँगै यामी गौतम मुख्य भूमिका छन् । यो फिल्म २०१२ को हिट ‘ओह माई गड’को सिक्वेल हो ।