९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडल्ट सर्टिफिकेका कारण फिल्मका कलाकार आरूषले नै हेर्न पाएनन् ‘ओएमजी २’



अ+ अ-

एजेन्सी । फिल्म ‘ओह माइ गड २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । फिल्मले १० दिनसम्म आइपुग्दा ११३.६७ करोड भारू कमाएको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यौन शिक्षामा आधारित यो फिल्म रिलिजअघि विवादमा परेको थियो । निर्माताहरू यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनू भन्ने चाहन्थे । तर सेन्सर बोर्डले फिल्मको २७ दृश्य परिमार्जन गर्दै एडल्ट सर्टिफिकेट दियो ।

यसैबीच, फिल्मका कलाकार आरूष वर्माले किशोरावस्थाको हुँदा आफूले फिल्म हेर्न नपाएको गुनासो गरेका छन् ।

‘मलाई आफ्नो पहिलो फिल्म हलमा हेर्न नपाउँदा दुःख लागिरहेको छ । मलाई थोरै नराम्रो लाग्यो र थोरै रिस पनि उठ्यो यदि सेन्सर बोर्डले कुनै निर्णय गर्छ भने त्यो सबैलाई फाइदा हुने खाल्को हुनुपर्छ । ओ माइ गड २ लक्षित उमेर समूहका दर्शकले हेर्न पाएनन् ।’ उनले भारतीय सञ्चारमाध्यममा भनेका छन् ।

अमित रायको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अक्षय कुमार, पंकज त्रिपाठी र आरूष वर्मासँगै यामी गौतम मुख्य भूमिका छन् । यो फिल्म २०१२ को हिट ‘ओह माई गड’को सिक्वेल हो ।