१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै हो– रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताउनुभएको छ ।

सर्वदलीय बैठकपछि अब भोलिको बैठकमा आफूहरु नजाने संकेत गर्दै उहाँले भन्नुभयो, “शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन । सम्भवत: अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौँ । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौँ ।”

आज समितिको विषयलाई टुंग्याएर संसद् चलाउने तयारी भए पनि प्रधानन्यायाधीशको शपथ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई देखाएर बैठक सारेपछि रविले असन्तुष्टि जनाउनुभएको हो ।