१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिएम योगीको खुट्टा छुनुको कारणबारे रजनीकान्तले भने–’सन्यासी र योगीको खुट्टा छुने मेरो बानी’



अ+ अ-

एजेन्सी । साउथका सुपरस्टार रजनीकान्त अहिले दुई कारणले चर्चामा छन् । एकातिर उनको फिल्म ‘जेलर’ले बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ ।

उता, रजनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको खुट्टा छोएको कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।

यसैबीच, रजनीकान्तले मिडिया अन्तरक्रियामा सीएम योगीको खुट्टा छुनुको कारण बताए । चेन्नई एयरपोर्टमा मिडियाले उनलाई प्रश्न गर्दा रजनीले भने, ‘उमेरमा मभन्दा कान्छो भए पनि यो मेरो बानी हो । जब कुनै भिक्षु वा योगी मेरो अगाडि आउँछन्, म उहाँहरूको पाउ छुन्छु ।’

हालै रजनीकान्त फिल्म जेलरको प्रचार गर्न उत्तर प्रदेशको राजधानी लखनउ पुगेका थिए । यहाँ उनले मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरे । यस क्रममा रजनीकान्तले सीएम योगीको खुट्टा छोएका थिए जसका कारण उनी सामाजिक सञ्जालमा धेरै ट्रोल भएका थिए ।

रजनी अभिनित फिल्म ‘जेलर’को बक्स अफिस कलेक्शनले दिन प्रतिदिन रेकर्ड तोडिरहेको छ । फिल्मले सोमबार ६ करोड कमाएको छ । योसँगै यसको कुल कमाई २८७.७ करोड रुपैयाँ पुगेको छ ।

योसँगै यो फिल्मले विश्वभर ५ सय करोडको व्यापार गरेर ‘पोन्नियन सेल्वन’को रेकर्ड तोडेको छ । अब यसभन्दा अगाडि रजनीकान्तको आफ्नै फिल्म ‘२.०’ छ, जसले विश्वभर ७२३ करोडको कलेक्सन गरेको थियो ।