९ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योतिषसँग साइत हेराएर १ करोड चोरेपछि…



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । भारतको महाराष्ट्र राज्य पुणे जिल्लाको बारामतीमा पाँच डाँकुहरूले शुभ समयको बारेमा ज्योतिषीसँग साइत हेराएर एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति लुटेका छन् ।

यस घटनामा ज्योतिषीसहित पाँच डाँकुलाई पक्राउ गरिएको छ । सागर गोफने सहरबाहिर गएका बेला पाँचजना डाँका उनको घरमा घुसेका थिए । डाँकुहरुले गोफनेकी श्रीमतीलाई मौन बनाएर ९५ लाख नगद र ११ लाखका गरगहना लुटेर लगेको प्रहरी अधिकारीले बताए ।

प्रहरी अधिकारीले भने, “हाम्रो अनुसन्धान सचिन जगधने, राईबा चव्हाण, रविन्द्र भोस्ले, दुर्योधन उर्फ ​​दीपक जाधव र नितिन मोरेमा केन्द्रित थियो । उनीले लुटपाटको शुभ समय थाहा पाउन ज्योतिषीसँग सल्लाह गरेका थिए ।’

पुणे ग्रामीणका यी अधिकारीले भने, “हामीले ज्योतिषी रामचन्द्र चावालाई यस अपराधमा उनको भूमिकाको लागि पक्राउ गरेका छौं । ७६ लाख बरामद गरेका छौं । छानबिन भइरहेको छ ।’