• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

‘पशुपति प्रसाद २: भष्मे डन’ को टिजर सार्वजनिक (भिडिओ)



काठमाडौँ । बहुप्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को टिजर सार्वजनिक भएको छ ।

विपीन कार्की स्टारर फिल्मको ओएसआर डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । दशैंको फूलपातीदेखि प्रदर्शन हुने फिल्मको टिजरमा विपीनलाई भष्मे डनको अवतारमा देख्न सकिन्छ ।

फिल्मको निर्माता समेत रहेका खगेन्द्र लामिछानेको लेखन तथा दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर रहेका छन् ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।