५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरानबीच सहमति: दुई महिनाभित्र कैदीहरु आदानप्रदान गर्ने, रोकेको सम्पती छोड्ने



अ+ अ-

एजेन्सी । इरान र अमेरिकाबीच कैदीबन्दी आदानप्रदान र इरानको रोक्का गरिएको सम्पती फुकाउ गर्ने बारेमा दुई महिनाको समयसीमा तोकिएको छ ।

सोमवार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले तेहरान र वासिङटनबीच कैदीहरु आदानप्रदान र इरानको रोकिएको सम्पती फिर्ता गर्ने सम्झौता कार्यान्वयनका लागि दुई महिनाको समय निर्धारण गरिएको बताउनुभएको हो ।

सम्झौता कार्यान्वयन राम्रोसँग हुने र यो निर्धारित समयसीमा भित्र पूरा हुने आशा गरेको बताउनु भयो । उहाँले इरानमा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ७८ औं सत्र भन्दाअघि अन्य कुनै स्थानमा संयुक्त राज्य अमेरिकासँग छलफल गर्ने योजना नरहेको बताउनु भयो । उहाँले इराकलाई ग्यास र बिजुली निर्यातसँग सम्बन्धित इरानको कोषको केही भाग हस्तान्तरण गर्ने प्रक्रिया पूरा भएको र यस प्रक्रियालाई गम्भीरताका साथ अघि बढाउने पनि बताउनु भयो ।

अगस्टको शुरुवातमा इरान र संयुक्त राज्य अमेरिकाले तेस्रो देशको मध्यस्थतामा एक सम्झौता गरेको बताइएको थियो । जसअन्तर्गत दुई पक्षले मानवीय मुद्दाको रुपमा कैदीहरु आदानप्रदान गर्ने र अमेरिकाद्वारा विभिन्न स्थानमा अवैध रुपमा अवरुद्ध गरिएका इरानी सम्पतीहरु छोड्नुपर्ने सम्झौता भएको थियो ।