११ पुष २०८१, बिहीबार
,
Latest
अस्ट्रेलियन युवा ब्याटरलाई धक्का मारेपछि कोहलीलाई जरिवाना दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिने सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा लाम्खुट्टेको लार्भा नस्ट गर्न ‘वायो लार्भिसिद’ छर्कदै, नेपालमै पहिलोपल्ट प्रयोग गरिदै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग फैलन नदिन ‘वायो लार्भिसिद’ छर्कदैछ । लाम्खुट्टेको लार्भा नस्ट गर्ने जैविक औषधि ‘लार्भिसिद’ नेपालमै पहिलो पल्ट प्रयोग गर्न लागिएको काठमाडौँका मेयर बालेन शाहले जानकारी दिए ।

यसको प्रयोगले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई हानी नपुर्याउने मेयर शाहले बताए । ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ’, उनले भने ।

यो औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने बताईएको छ ।

महानगरले डेङ्गी रोगको बारेमा परामर्श दिन नि:शुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । महानगरल अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको छ भने स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाएको छ ।