२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको लगातार दोस्रो जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा आर्सनललाई जित दिलाउन खेलको ५३ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक गोल बन्यो ।

प्यालेसका गोलकिपर साम जोनस्टोनले आर्सनलका एड्डी केटियाहलाई पोस्टभित्र लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो । जसलाई कप्तान ओडेगार्डले खेर जान दिएनन् ।

दुई लण्डन क्लबहरुको खेल प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ६७ औं मिनेटमा ताकेहिरो टोमियासुले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै आर्सनल २ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । प्यालेस ३ अंकका साथ ११ औं स्थानमा छ ।