७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल चालक बन्नका लागि विज्ञानमा प्लस टु उत्तीर्ण हुनुपर्ने



अ+ अ-

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका दफा १८ मा रेलचालक वा सहचालकको योग्यताबारे व्यवस्था गरिएको छ ।

सो नियमअनुसार चालक अनुमतिपत्र पाउन मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ । दफा १८ को ‘ख’ मा मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम चलाउन योग्य प्रमाणपत्र प्राप्त हुनुपर्ने व्यवस्था गरिएको उल्लेख छ ।

अध्यादेशअनुसार २५ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघकेको र रेल चालकको हकमा कम्तीमा तीन वर्ष रेल सहचालकका रूपमा काम गरेको हुनुपर्नेछ । शारीरिक वा मानसिक अस्वस्थताका कारण रेल चलाउन योग्य नभएको, दृश्य शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, हात वा खुट्टा शक्तिहीन भई काम दिन नसक्नेलगायतलाई भने मान्यता नदिइने व्यवस्था छ ।

कसैले विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको भए त्यस्ता व्यक्तिले निवदेन दिएमा रेल्वे प्रशासकले रेलचालक वा सहचालक अनुमतिपत्रका लागि लाग्ने दस्तुर लिई अध्यादेशबमोजिम अनुमतिपत्र दिनसक्ने व्यवस्था गरिएको छ । आजको राजधानी दैनिकमा छ ।