• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भ्रष्टाचारका प्रकरणलाई जनस्तरमा लैजान तल्लो कमिटीसम्म परिचालन गर्ने राप्रपाको निर्णय



file

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी, सुन तस्करी जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ ।

आज बसेको सो पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यस्ता छन् अन्य निर्णयहरुः
१. राप्रपाको आज बसेको पदाधिकारी बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई पार्टीले जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ ।

२. अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी आबद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उदघाटन, प्रवासी नेपाली समुदायसंगको अन्तरक्रिया र विविध कार्यक्रममा सहभागी हुन मंगलबार एकसाताका लागि त्यसतर्फ प्रस्थान गर्नुहुने भएकाले वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

३. बैठकले भूगोल केन्द्रीत जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूको प्रारम्भिक प्रतिवेदन र हालसम्मको सांगठनिक अवस्थाको समिक्षा गरेको छ । भूगोल केन्द्रीत कार्यक्रमले पार्टीमा उत्साह थपेको र सबै तह चलायमान भएको बैठकले निश्कर्ष निकाल्दै यसलाई अभियानको रुपमा अझ व्यवस्थित र प्रभावकारी बनाउदै लैजाने निर्णय गरेको छ ।