४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि अदालत जाने



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध प्रमुख विपक्षी नेकपा (एमाले) फेरि अदालत जाने भएको छ ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् ।

एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको भन्दै अदालत जाने भएको हो ।

पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले संविधान जोगाउन पनि अदालत जानुपर्ने भएको बताए । सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको उनको भनाई छ ।