२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि अदालत जाने



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध प्रमुख विपक्षी नेकपा (एमाले) फेरि अदालत जाने भएको छ ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् ।

एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको भन्दै अदालत जाने भएको हो ।

पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले संविधान जोगाउन पनि अदालत जानुपर्ने भएको बताए । सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको उनको भनाई छ ।