४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल सुधारगृहबाट भागेकामध्ये १९४ जना सम्पर्कमा आए



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट भागेका २२१ जनामध्ये १९४ जना सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार भागेकामध्ये २७ जना सम्पर्कमा आउन बाँकी रहेका छन् । बाल सुधारगृहमा २९७ जना रहेकोमा २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किएका थिए ।

सुधारगृहबाट बाहिर निस्कने क्रममा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो । झडपका क्रममा १९ जना प्रहरी घाइते भएका छन् ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहको लापरबाहीबाट बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । सो क्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडेर बाहिर निस्किएका थिए ।