२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालक बन्दी फरार प्रकरणः रानीपोखरीबाट दुई एसएसपीसहितको प्रहरी टोली घटनास्थल पुग्यो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना नाबालक बन्दीहरु भागेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।

उक्त स्थानमा दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् ।

घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।

फरार भएका २२१ जना नाबालक बन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ भने उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको बताइएको छ ।