४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा गोली चल्दा तीन जना घाइते, एकको अवस्था गम्भीर



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा गोली चलेको छ ।

सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका तोड्दै बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् ।

घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते र दुई जनाको स्थिति सामा न्य भएको बताइएको छ । घाइतेहरुको नागरिक अस्पतालमा उपचार जारी छ ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहको लापरबाहीबाट बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

यसैबीच, सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । सो क्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् ।

प्रहरीले फरार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखेको छ । सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन् ।