२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश विश्वासको मत : अध्यक्षता गर्ने सांसदले पनि मत दिने



अ+ अ-

काठमाडौँ । गत साउन १६ गते कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले सोमबार नै विश्वासको मत लिने हुनुभएको छ । उहाँले दोस्रो पटक मुख्यमन्त्री भएको २० दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार थापाले विश्वासको मत सोमबार नै लिने निर्णय गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै अनुपस्थित भएर काठमाडौँ गएपछि प्रदेशसभा बैठक अध्यक्षमण्डलका सदस्य एवं नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरीले चलाउने हुनुभएको छ ।

अध्यक्ष मन्सुरीको मतसमेत हिसाब गरेर सत्ता गठबन्धनले बहुमत अर्थात् ४७ जना सांसद पुर्‍याउने नयाँ उपाय ल्याएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुमत पुग्न नदिन उपसभामुख दुनवार र अन्य ८ जना सांसदलाई अनुपस्थित गराउने निर्णय गरिसकेको छ।

माओवादी केन्द्रका सांसद दुर्गा चापागाईंले प्रदेशसभा बैठकको अध्यक्षता गर्ने कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि भोट दिएपछि बहुमत पुग्ने बताउनुभयो ।

गत असार २१ गते सभामुख बाबुराम गौतमले बहुमत पुर्‍याउन हस्ताक्षर गर्नुभएको थियो अब फेरि गठबन्धनले बैठकको अध्यक्षता गर्नेलाई पनि मत हाल्न लाउने रणनीति बनाएको हो।