२० श्रावण २०८३, बुधबार
,
Latest
सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने ‘हामी सुन्छौँ’ अभियान श्रावण २५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश विश्वासको मत : अध्यक्षता गर्ने सांसदले पनि मत दिने



अ+ अ-

काठमाडौँ । गत साउन १६ गते कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले सोमबार नै विश्वासको मत लिने हुनुभएको छ । उहाँले दोस्रो पटक मुख्यमन्त्री भएको २० दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार थापाले विश्वासको मत सोमबार नै लिने निर्णय गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै अनुपस्थित भएर काठमाडौँ गएपछि प्रदेशसभा बैठक अध्यक्षमण्डलका सदस्य एवं नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरीले चलाउने हुनुभएको छ ।

अध्यक्ष मन्सुरीको मतसमेत हिसाब गरेर सत्ता गठबन्धनले बहुमत अर्थात् ४७ जना सांसद पुर्‍याउने नयाँ उपाय ल्याएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुमत पुग्न नदिन उपसभामुख दुनवार र अन्य ८ जना सांसदलाई अनुपस्थित गराउने निर्णय गरिसकेको छ।

माओवादी केन्द्रका सांसद दुर्गा चापागाईंले प्रदेशसभा बैठकको अध्यक्षता गर्ने कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि भोट दिएपछि बहुमत पुग्ने बताउनुभयो ।

गत असार २१ गते सभामुख बाबुराम गौतमले बहुमत पुर्‍याउन हस्ताक्षर गर्नुभएको थियो अब फेरि गठबन्धनले बैठकको अध्यक्षता गर्नेलाई पनि मत हाल्न लाउने रणनीति बनाएको हो।




भर्खरै