• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर

नागको पुजा गर्न एमाले अध्यक्ष ओली पुग्नुभयो चाँगुनारायण स्थित कालिनाग मन्दीर



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्पले पर्यावरणीय सन्तुलनमा ठूलो भूमिका खेलेको बताउनुभएको छ ।

भक्तपुर चाँगुनारायण स्थित कालिनाग मन्दीर दर्शन गर्नु हुँदै अध्यक्ष केपी शर्मा यस्तो बताउनु भएको हो ।

सोमबार नागपञ्चमीका अवसरमा सामाजिक सञ्जाल फेसबुकमा उहाँले शुभकामना दिँदै हिन्दूहरुले सर्पलाई नाग देवताका रुपमा पूजा गर्ने गरेको बताउनुभएको छ ।

ब्रह्माण्डको ऊर्जाका आठ रुप हुन्छन् भन्दै उहाँले भन्नुभएको छ, “मानव शरीरमा पनि ब्रह्माण्डका ऊर्जा कणहरू सक्रिय हुन्छन् । हाम्रो प्राचीन शास्त्रले ब्रह्माण्डका आठ किसिमका ऊर्जालाई अष्ट नागका रूपमा व्याख्या गरेको छ। त्यही परम्परा हो नाग पञ्चमी ।”