२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको कप्तानीमा एसिया कपका लागि भारतीय टोलीको घोषणा, राहुल–बुमराह र श्रेयसको कमब्याक



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एसिया कपका लागि सोमबार भारतीय टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी रोहित शर्मालाई सुम्पिएको छ ।

हार्दिक पाण्ड्या टोलीको उपकप्तान रहनेछन् । विकेटकिपर केएल राहुल र श्रेयस अय्यर टोलीमा फर्किएका छन् । स्पिनर युजवेन्द्र चहलले भने टोलीमा स्थान पाएका छैनन् । तर, फास्ट बलर जसप्रित बुमराहले एसिया कप खेल्ने भएका छन् । यस्तै, सन्जु सामसनलाई ‘रिजर्भ’मा राखिएको छ ।

ब्याटर सूर्यकुमार यादव र तिलक वर्मा सर्वाधिक चर्चामा रहेको नम्बर ४ मा परेका छन् । सोमबार दिउँसो १ः४५ बजे नयाँ दिल्लीमा भएको बैठकपछि पत्रकार सम्मेलनमा बीसीसीआईले टोलीको बारेमा जानकारी दिएको हो ।

एसिया कप अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा खेलिनेछ । भारतको पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग हुनेछ । यस प्रतियोगितामा नेपाल र पाकिस्तानसँगै भारत समूह ए मा परेको छ । योसँगै समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

भारतीय टोलीः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण