४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार
फाईल फोटो
अ+ अ-

दमौली । तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार १० पालिकाका अधिकांश वडा बाढी, पहिरोको जोखिममा छन् । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाढी, पहिरोलगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीका लागि विपद् पूर्वप्रतिकार्य योजना तयार गरिएको जानकारी दिनुभयो ।

योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति र स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने रिजालले बताउनुभयो ।

पहिरोको प्रकोपका आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेका छन् । बाढीको प्रकोपका आधारमा भानु नगरपालिका र देवघाट गाउँपालिका उच्च जोखिममा छन् ।

कार्यालयका अनुसार व्यासका वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ सम्म र १४ का ६२ टोल बस्ती पहिरोको उच्च जोखिममा छन् । भानु नगरपालिकाका–४, ५, ६ र ७ का टोलबस्ती, भिमाद नगरपालिकाका– ३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिकाका– ९ र १०, देवघाट गाउँपालिकाका– १, २, ३ र ४, बन्दीपुर गाउँपालिकाका–१, २, ४ र ५ का १० बस्ती, घिरिङ गाउँपालिकाका– २, ३, ४ र ५ का १० बस्ती, ऋषिङ गाउँपालिकाका– १, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिकाका– ४, ५, ६ र म्याग्दे गाउँपालिकाका– १ देखि ७ सम्मका बस्ती पहिरोको जोखिममा छन् ।

यसैगरी व्यासका– १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती, भानु नगरपालिका– १, २, ५, ६, ७, ११, १२ र १३ का बस्ती, भिमाद नगरपालिकाको वडा नं १ का दुई बस्ती, शुक्लागण्डकी नगरपालिकाका–४ र ८ का बस्ती, देवघाट गाउँपालिकाका– १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छन् ।

बन्दीपुर गाउँपालिका–६ को सामीकोट क्षेत्र, घिरिङ गाउँपालिका– १ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दी क्षेत्र किनारका बस्ती, ऋषिङ गाउँपालिकाका– १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी किनारका बस्ती, आँबुखैरेनी गाउँपालिकाका– २, ४, ५, ६ का बस्ती, म्याग्दे गाउँपालिकाका– ३ र ६ को अकला क्षेत्र बाढीको उच्च जोखिममा छन् ।

प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, “मनसुनको समयमा हुनसक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छौँ ।” उहाँले सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिइएको बताउनुभयो ।

यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायको अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहने छन् ।

विपद् व्यवस्थापन समितिले मनसुनको समयमा गर्नुपर्ने पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित निकायको भूमिका र जिम्मेवारी बाँडफाँट गरेको छ । प्रमुख जिल्ला अधिकारीले समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकताअनुसार प्रदेश तथा केन्द्रीयस्तरमा सहयोग, सुरक्षा निकाय प्रमुखले खोज तथा उद्धारमा सक्रिय, जोखिमको समयमा सुरक्षा व्यवस्था, जिल्ला समन्वय समिति प्रमुखले स्थानीय तहसँग समन्वय र विपद् सम्बन्धित सूचना सङ्कलनमा सहजीकरण गर्नेछन् ।

गाउँपालिकाका प्रमुख तथा अध्यक्षले जोखिमबाट प्रभावित हुनसक्ने जनसङ्ख्याको पहिचान, जोखिमयुक्त ठाउँ, बस्ती तथा समुदायको पहिचान, गाउँपालिका तथा नगरपालिकास्तरको मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्नेछन् । राजनीतिक दलका प्रमुखले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई सल्लाह र सहयोग, स्रोत सङ्कलनका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछन् भने नेपाल रेडक्रस सोसाइटीका सभापतिले खाद्य, गैरखाद्य सामग्री तथा अस्थायी आवासको व्यवस्थापन, सूचना सङ्कलन तथा सम्प्रेषणका लागि स्वयंसेवक परिचालन, प्रकोपको समयमा आपत्कालीन आवास एवं बन्दोबस्ती व्यवस्थापनमा सहयोग पुर्याउने छन् । रासस