१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धव थापाले आजै विश्वासको मत लिने



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धन दलको बैठकमा थापाले आजै विश्वासको मत लिने निर्णय भएको माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जनाए ।

थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका हुन् । यसअघि थापाले उपसभामुख सृजना दनुवारको अनुपस्थिती रहने भएपछि आज विश्वासको मत लिने सम्भावना कम रहेको बताएका थिए ।

कांग्रेस सांसद ईस्राईल मन्सुरीले प्रदेशसभा बैठक सञ्चालन गर्ने भएका छन् । उपसभामुख दनुवारले बैठकको आफ्नो अनुपस्थिति रहने भएपछि मन्सुरीलाई अध्यक्षता गर्न पत्र लेखेकी थिईन् ।