१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्वासको मत लिने सम्भावना सकियो: मुख्यमन्त्री थापा



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने समय सकिएको बताएका छन् । सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले उपसभामुख सृजना दनुवारको अनुपस्थितीमा विश्वासको मत लिने सम्भावना नरहेको जनाए ।

‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो’, थापाले भने, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’

आज विश्वासको मत लिने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने थापाको भनाइ छ । उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरु रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि दाबी गरे ।

उनले उपसभामुखले संसदीय परम्परा तोड्ने काम गरेको आरोप लगाउदै भने, ‘एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत लिने समयमा अनुपस्थिति हुने हो भने आफैँले किन समय दिएको ? समय नदिएको भए हुन्थ्यो नि ?’