४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

श्रावण शुक्लपक्षको तेस्रो सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड

श्रावण शुक्लपक्षको तेस्रो सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड
अ+ अ-

काठमाडौँ । चान्द्रमासअनुसार श्रावण शुक्ल पक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

यसवर्ष सौमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तवजनको भीड लागेको हो । चान्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ ।

कोषले महाशिवरात्रि र तीजमा जस्तै भक्तजनका लागि पशुपतिनाथमा विशेष व्यवस्था गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

बिहान तीनबजेदेखि नै पशुपतनिाथका चारै ढोका खुला गरिएको उहाँले बताउनुभयो । मन्दिरमा विगतका सोमबारजस्तै भक्तजनको भीड देखिएको छ । विशेषगरी सोमबारको व्रत गरेका महिला रातो र हरियो पहिरनमा सजिएर पशुपतिनाथलगायत शिवालयमा भेला भएका छन् । यसवर्ष सौरमास अनुसार साउनमा अधिकमास परेकाले सोमबारको व्रत गर्ने वा नगर्ने भन्नेमा द्विविधामा रहेका वर्तालुले अहिले भने खुलेर व्रत गरेका छन् ।

चान्द्रमासअनुसार भदौको ४ र ११ गतेको सोमबार शुक्लपक्षमा परेको छ । यसअघि श्रावण कृष्णपक्षका दुई सोमबार असार २५ गते र साउन १ गते परेको थियो । साउन २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको थियो । यसैले भदौ १४ गतेसम्म श्रावण शुक्लपक्ष छ । श्रावणको सोमबार शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज पशुपतिानथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव, डोलेश्वरलगायत शिवालयमा पनि भक्तजनको भीड देख्न सकिन्छ ।

यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको छ । आज र भदौ ११ गतेको सोमबार पनि व्रत गरी साउनको सोमबारको व्रत लिनेले त्यसै दिन गोदान एवं पूर्णपात्र दान गरी साउने सोमबारको व्रत समापन गर्ने गर्छन् । रासस