३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: सीआईबीले बाबुरामको लियो बयान



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको बयान लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आईतबार भट्टराईको निवासमा पुगेर बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य बताइन् ।

नेसपाका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले भट्टराईले एआईजी बज्राचार्यलाई निवासमा बोलाएर ललिता निवास प्रकरणबारे उठेको प्रश्नहरूबारे जवाफ दिएका जानकारी दिए । करिब ४५ मिनेटको छलफलमा भट्टराईले आफूलाई जानकारी भएको कुरा साझा गरेका उनले बताए ।

त्यसैगरी, सीआईबीलाई आफूले दिएको जानकारी बारे उल्लेख गर्दै डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

यसअघि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय डा भट्टराई र माधव नेपालको बयान नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।