१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारकै अनौठो सडक : ५ तले घरको छत गाँसिएर बनेको छ सडक !



अ+ अ-

एजेन्सी । घरको छतमा हामीले कपडा सुकाउने र घाम ताप्ने काम गरेको मात्र देखेका होलाउँ । हामीले सडकमा मात्र गाडिहरु गुडेको देखेका छौँ ।

छतमा ठूल-ठूला गाडी गुडेको देख्दा तपाईलाई कस्तो महशुस हुन्छ ? हामीले यो सबै काम छतमा भएको देखेका छैनौँ । तर चीनको चोंगक्विङ सहरको पाँचतले घर माथी देखिएको सडकको तस्विर अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

५ तले घरमाथि गाडी नै गुड्ने यो सडक विश्वमा नै फरक शैलीको भएको भन्दै विश्वभर यसको चर्चा भएको हो । उक्त सडक एकदमै रोमाञ्चक र आर्कषक छ ।

सडकको तल्लो तलामा रहेका पसलहरु पनि आर्कषणको शिखरमा परेको चिनिया समाचार एजेन्सी सिन्ह्वाले बताएको छ । सिन्ह्वाका अनुसार यो सडक विश्वकै नमुना सडक मध्येको एक हो । प्रत्येक दिन उक्त सडकलाई हेर्नेको घुँईचो नै लाग्छ ।