२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई हराउदै टि२० आईको उपाधि न्युजिल्यान्डलाई



अ+ अ-

एजेन्सी । घरेलु टोली युएईलाई हराउदै न्युजिल्यान्डले टि२० आईको उपाधि जितेको छ । आईतबार भएको निर्णायक खेलमा युएईलाई ३२ रनले हराउँदै न्युजिल्यान्डले तीन खेलको सिरिज २–१ ले जितेको हो ।

जितको लागि न्युजिल्यान्डले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन मात्र बनायो। युएईका आयन खानले सर्वाधिक ४२ रन बनाए । बासिल हामिद २४ रनमा अविजित रहँदा ओपनर अर्यांश शर्मा १६, मोहम्मद वासिम ८, वृत्य अरविन्द १२ र आसिफ खान ११ रन बनाए ।

न्युजिल्यान्डको जितमा तीव्र गतिका बलर बेन लिस्टरले ३ विकेट लिए । यस्तै, काइल जेमिसन, मिचेल सान्टनार र आदित्य अशोकले समान एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो ।

न्युजिल्यान्डका विल योंगले सर्वाधिक ५६ रन बनाएका थिए । मार्क च्यापम्यान ५१ रन बनाउँदा मिचेल सान्टनार २०, डेन फक्सक्रोफ्ट १०, टिम सिफर्ट १३ र चाद बोवेस ९ रन बनाए ।

युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले सर्वाधिक ३ विकेट लिए । मोहम्मद जवादुल्लाह र जहुर खानले समान एक विकेट लिए ।

न्युजिल्यान्ड पहिलो खेलमा १९ रनले विजयी भएको थियो भने दोस्रो खेलमा युएईले ७ विकेटले पराजित गरेको थियो ।