१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.05

Wind: 1.03

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको बैठक जारी



अ+ अ-

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ । यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।

मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।