२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ को उपाधि स्पेनले जितेको छ । आइतबार भएको फाइनल खेलमा इंग्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेन पहिलोपटक विजेता बनेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलको २९ औं मिनेटमा ओलगा कार्मोनाले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक गोल बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोल गर्ने अवसर सिर्जना गरेका थिए । खेलको ६९ औं मिनेटमा स्पेनकी जेनिफर हर्मोसोले पेनाल्टी मिस गरिन् । उनको प्रहारलाई इंग्ल्याण्डकी गोलकिपर म्यारी इर्प्सले विफल पारेकी थिइन् ।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका सर्वाधिक सफल टोली हो ।

उसले ४ पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले २ पटक उपाधि जित्दा नर्वे र जापान र स्पेनले एक–एक पटक उपाधि जितेका छन् ।