२४ असार २०८३, बुधबार
,
Latest
ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ को उपाधि स्पेनले जितेको छ । आइतबार भएको फाइनल खेलमा इंग्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेन पहिलोपटक विजेता बनेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलको २९ औं मिनेटमा ओलगा कार्मोनाले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक गोल बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोल गर्ने अवसर सिर्जना गरेका थिए । खेलको ६९ औं मिनेटमा स्पेनकी जेनिफर हर्मोसोले पेनाल्टी मिस गरिन् । उनको प्रहारलाई इंग्ल्याण्डकी गोलकिपर म्यारी इर्प्सले विफल पारेकी थिइन् ।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका सर्वाधिक सफल टोली हो ।

उसले ४ पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले २ पटक उपाधि जित्दा नर्वे र जापान र स्पेनले एक–एक पटक उपाधि जितेका छन् ।