२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मक: लिङदेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताउनुभएको छ ।

आईतवार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र प्रतिपक्षबीच छलफल सकारात्मक भएको बताउनु भयो । उहाँले सोमवार पुन: सर्वदलीय बैठक बस्ने र संसद अवरोध अन्त्य गर्ने निस्कर्ष निस्किने बताउनु भयो । उहाँले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद अवरुद्ध अटाउने सम्बन्धमा प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनु भयो । छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसदको अवरोधको अन्त्य गर्ने निस्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने बारेमा सकारात्मक छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदन सुचारु गर्ने बारेमा छलफल भयो । सकारात्मक छलफल भएको छ । भोलि एकपटक पुन: बैठक बसेर पर्सि तीन बजेसम्म रोक्ने र त्यसपछि संसद अघि बढाउने सहमति छ ।’

प्रमुख सचेतक पाण्डेले सोमवार एक पटक बैठक बसेर संसद सुचारु गर्ने सहमति भएको बताउनु भयो ।