२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी बने सर्वाधिक ट्रफि जित्ने फुटबलर



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसी सर्वाधिक ट्रफि जित्ने फुटबलर बनेका छन् ।

आइतबार अमेरिकी सकर क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधि जिताएका मेसीले ब्राजिलियन स्टार ड्यानी आल्भेसलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।

आल्भेसले ४३ ट्रफि जितेका थिए भने आजको उपाधिसँगै मेसीले ट्रफिको संख्या ४४ बनाएका छन् ।

३६ वर्षीय मेसीले बार्सिलोनाबाट ३५, अर्जेन्टिनाबाट ५, पिएसजीबाट ३ र इन्टर मियामीबाट १ गरी समग्रमा ४४ उपाधि जितेका छन् । मेसी लिग्स कपमा सर्वाधिक गोलकर्ता समेत बने भने लिगको उत्कृष्ट खेलाडी समेत बने ।