२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको मियामी लिग्स कप च्याम्पियन



अ+ अ-

एजेन्सी । लिग्स कपको उपाधि इन्टर मियामीले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा नासभिल्लेलाई पेनाल्टीमा हराउँदै मियामी च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो ।

जसमा मियामी १०–९ ले विजयी बन्यो । खेलको २३ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ५७ औं मिनेटमा फाफा पिकल्टले गोल गर्दै नासभिल्लेलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले केही गोल गर्ने अवसर पाएपनि गोल गर्न भने सफल भएनन् ।

यसै सिजन मियामी आएका मेसीको यो यस क्लबबाट पहिलो उपाधि रहेको छ । उनी सातवटै खेलमा गोल गर्न सफल समेत भए ।

अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।