• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

बेलिङहम चम्किँदा रियल विजयी



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले अल्मेरियालाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन जुड बेलिङहमले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे । खेलको तेस्रो मिनेटमा नै सर्जियो एरिवासले गोल गर्दै घरेलु टोली अल्मेरियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, १९ औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६० औं मिनेटमा उनले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । ७३ औं मिनेटमा भिनिसियसले गोल थप्दै रियललाई ३–१ गोलको जित दिलाए ।

योसँगै २ खेलमा २ जितसहित ६ अंक जोडेको रियल तालिकाको शीर्षस्थानमा रहेको छ । दुबै खेलमा पराजित अल्मेरिया अंकविहिन रहँदै पुछारमा छ ।