२४ असार २०८३, बुधबार
,
Latest
ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलिङहम चम्किँदा रियल विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले अल्मेरियालाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन जुड बेलिङहमले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे । खेलको तेस्रो मिनेटमा नै सर्जियो एरिवासले गोल गर्दै घरेलु टोली अल्मेरियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, १९ औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६० औं मिनेटमा उनले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । ७३ औं मिनेटमा भिनिसियसले गोल थप्दै रियललाई ३–१ गोलको जित दिलाए ।

योसँगै २ खेलमा २ जितसहित ६ अंक जोडेको रियल तालिकाको शीर्षस्थानमा रहेको छ । दुबै खेलमा पराजित अल्मेरिया अंकविहिन रहँदै पुछारमा छ ।