१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता



अ+ अ-

मलेखु । झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।

साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् । कँडेलसँग अन्य तीन जना पनि थिए । माछा मार्न प्रयोग भएको झुल प्रहरीले फेला पारेको छ । कँडेलसँग माछा मार्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

शनिबार दिउँसो बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयहरुले खोजी कार्य गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा कठिनाई भइरहेको जैसवारले बताउनुभयो । रासस