२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा दुई नेपाली युवाको निधन



अ+ अ-

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ ।

राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राससलाई जानकारी दिनुभयो । थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताउनुभयो ।

वैदेशिक रोजगारीका सिलसिलामा छ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए । परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उहाँले बताउनुभयो ।

यस्तै वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको छ । बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको सङ्घका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा दर्लामीमगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए । सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । मृतक दर्लामीमगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए । उनको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको उहाँले बताउनुभयो । दर्लामीमगरको वृद्ध बुवाआमा र श्रीमती नेपालमा रहेका छन् ।

निधन भएका दुवै नेपालीको शव नेपाल पठाउन मृतकका परिवारले आग्रह गरेका कारण सो विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काले बताउनुभयो ।