४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो: उपप्रधानमन्त्री खड्का

सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो: उपप्रधानमन्त्री खड्का
अ+ अ-

भैरहवा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताउनुभएको छ । उहाँले जनताको अधिकारलाई हातमा लिने तत्कालिन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कांग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै उहाँले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको जिकिर गर्नुभयो । कांग्रेस क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपतिदेखि चारवटा प्रदेशमा नेतृत्वसमेत गरेको बताउनुभयो ।

“प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेससहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा सङ्घदेखि प्रदेशसम्म अभियान चलायौँ”, उहाँले भन्नुभयो, “यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धि समीक्षाको विषय हुनुपर्छ, केही कमी–कमजोरी भए यसलाई सच्याउनुपर्छ ।”

मन्त्री खड्काले सङ्घले बनाउनुपर्ने सबै सङ्घीय ऐनहरूलाई सरकारले प्राथमिकतामा राखेर यसै अधिवेशनमा संसद्मा लैजाने बताउनुभयो । उहाँले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र सङ्घीय प्रहरी ऐन, समानान्तररूपमा अगाडि बढेको र चाँडै नै संसद्मा पेस गरिने बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले ढिलोमा आठ–दश दिनभित्र सङ्घीय शिक्षा ऐन पनि संसद्मा जाने बताउनुभयो । उहाँले आवश्यक ऐन सके यसै अधिवेशनमा एवं अन्यलाई हिउँदे अधिवेशनमा पेस गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको बताउनुभयो । ऐनहरू संसद्मा पेस गर्नुअघि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।

भैरहवामा सम्पन्न भएको कार्यक्रममा कांग्रेसका कार्यकर्ताले निर्वतमान पूर्वगृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता बालकृष्ण खाँणलाई नियतवश फसाइएको बताउँदै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । सरकारमा कांग्रेस रहे पनि खाँणलाई चाहिने आवश्यक सहयोग नगरेको कार्यकर्ताको गुनासो थियो ।

कांग्रेसका उपसभापतिसमेत रहनु भएका खड्काले भन्नुभयो, “जिम्मेवारीमा रहेका नेतासँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौँ ।” रासस