१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि, ५ गतेदेखि केन्द्रीय कमिटी बैठक



file photo
अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक यही भदौ ३ गते (भोलि)बाट शुरु हुने भएको छ ।

शनिवार काठमाडौँको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । पोलिटब्युरो बैठकले केन्द्रिय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उहाँले बताउनु भयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हामी पोलिटव्यूरो बैठक भोलिदेखि शुरु गरिरहेका छौं । भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रिय पोलिटब्युरो बैठक बस्दैछ । ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक बस्दैछ । यसका एजेण्डाहरु हामीले पहिले नै तय गरेर पठाईसकेका छौं । भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ ।

यसैको सेरोफेरोमा पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्नु हुनेछ । र, पर्सी हामी यो बैठकको समापन गर्नेछौं । भोलि बेलुका ६ बजे समाजवादी मोर्चाको बैठकमा पनि बस्दैछ । यो पनि मैले बेलामा यहाँहरुलाई जानकारी गराएँ । हामीले सबै तयारी केन्द्रिय कमिटीको बैठक भदौ ५, ६ र ७ का लागि तयारी गरिरहेका छौं । ७ गते हाम्रो केन्द्रिय कमिटी बैठक कन्क्युड गर्दैछौं । धेरै महत्वपूर्ण निर्णय र प्रश्तावहरु त्यही बेला पारित हुँदैछन् ।’

नेकपा एस आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने÷नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताउनु भयो ।