२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि, ५ गतेदेखि केन्द्रीय कमिटी बैठक



file photo
अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक यही भदौ ३ गते (भोलि)बाट शुरु हुने भएको छ ।

शनिवार काठमाडौँको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । पोलिटब्युरो बैठकले केन्द्रिय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उहाँले बताउनु भयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हामी पोलिटव्यूरो बैठक भोलिदेखि शुरु गरिरहेका छौं । भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रिय पोलिटब्युरो बैठक बस्दैछ । ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक बस्दैछ । यसका एजेण्डाहरु हामीले पहिले नै तय गरेर पठाईसकेका छौं । भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ ।

यसैको सेरोफेरोमा पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्नु हुनेछ । र, पर्सी हामी यो बैठकको समापन गर्नेछौं । भोलि बेलुका ६ बजे समाजवादी मोर्चाको बैठकमा पनि बस्दैछ । यो पनि मैले बेलामा यहाँहरुलाई जानकारी गराएँ । हामीले सबै तयारी केन्द्रिय कमिटीको बैठक भदौ ५, ६ र ७ का लागि तयारी गरिरहेका छौं । ७ गते हाम्रो केन्द्रिय कमिटी बैठक कन्क्युड गर्दैछौं । धेरै महत्वपूर्ण निर्णय र प्रश्तावहरु त्यही बेला पारित हुँदैछन् ।’

नेकपा एस आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने÷नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताउनु भयो ।