९ श्रावण २०८३, शनिबार
,
Latest
आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको अवरोध हटाउन प्रधानमन्त्री दाहालले पहलकदमी लिनुपर्छः लोकेन्द्रबहादुर चन्द



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।

वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाई गर्न नहुने बताउनुभएको हो ।

शनिवार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरुको लोकापर्ण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री दाहालले संसदको अवरोध हटाउने अभिव्यक्ति दिनुभएको उल्लेख गर्दै छिट्टै संसद सुचारु हुने विश्वास समेत व्यक्त गर्नुभयो । फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टी भित्र केही समस्या रहेको स्वकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तर जेहोस् गोभरमेन्ट र अपोजिशनले बसेको त्यो कुरा मिलाउनु पर्छ । कुरा पनि चलिराख्या छ क्यारे । अव यो प्रधानमन्त्रीजीले लिडर अफ अपोजिशनसँग छलफल गराएर यसको सोलुशन निकाल्छु भन्नुभएको थियो । निकाल्नुहोला । अव राप्रपा भित्र साथीहरुको केही गुनासो थियो । त्यो बारे छलफल गरिएको हो । ती गुनासोहरु नियम र विधान अनुसार हुन्छ ।’

कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीन वटै कृतिहरु पठनीय रहेको बताउनुभएको थियो ।