• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

संसदको अवरोध हटाउन प्रधानमन्त्री दाहालले पहलकदमी लिनुपर्छः लोकेन्द्रबहादुर चन्द



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।

वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाई गर्न नहुने बताउनुभएको हो ।

शनिवार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरुको लोकापर्ण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री दाहालले संसदको अवरोध हटाउने अभिव्यक्ति दिनुभएको उल्लेख गर्दै छिट्टै संसद सुचारु हुने विश्वास समेत व्यक्त गर्नुभयो । फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टी भित्र केही समस्या रहेको स्वकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तर जेहोस् गोभरमेन्ट र अपोजिशनले बसेको त्यो कुरा मिलाउनु पर्छ । कुरा पनि चलिराख्या छ क्यारे । अव यो प्रधानमन्त्रीजीले लिडर अफ अपोजिशनसँग छलफल गराएर यसको सोलुशन निकाल्छु भन्नुभएको थियो । निकाल्नुहोला । अव राप्रपा भित्र साथीहरुको केही गुनासो थियो । त्यो बारे छलफल गरिएको हो । ती गुनासोहरु नियम र विधान अनुसार हुन्छ ।’

कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीन वटै कृतिहरु पठनीय रहेको बताउनुभएको थियो ।