४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

माओवादी बिद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पदः घनश्याम भुसाल

माओवादी बिद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पदः घनश्याम भुसाल
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र बिद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित ‘२०२८ः झापा बिद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले आफूलाई नेपालको कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताउनु भएको हो ।

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशष्त्र बिद्रोहलाई महान भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गर्नुभयो । उहाँले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

महासचिव भुसालले भन्नुभयो, ‘अहिले इतिहासको कुरा गर्दाखेरी, हुनत यो राजनीतिक कुरा हुन्छ । यो बिरोधको कुरा पनि सुन्न सकिएला । आज फर्केर हेर्दाखेरी चाहीँ खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरी इतिहासलाई अझै धेरै अगाडि लैजान्छौं भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरी जतिखेर मिलिन्छ, त्यतिखेर चाहीँ यो महान कुरा थियो भन्ने ।

जतिखेर मिलिँदैन, त्यतिखेर चाहीँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो विभत्स, डरलाग्दो यो असाध्य घृणाष्पद भन्छु म चाहीँ । यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदाखेरी मलाई एकदम उखुम हुन्छ मलाई पनि । अनि, त्यस्तो थियो, त्यसरी आएको हो । शिला टिपेको हो । आदि, इत्यादि ।’

महासचिव भुसालले नेपालको कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध बिस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ संकल्पसहितको क्रान्ति आवश्यक रहेको बताउनु भयो ।