२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता हाबी छः नेता निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रिय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा काँग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताउनु भयो । नेता निधीले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दापनि काँग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा कसलाई के व्यवस्था गरिएको छ, न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकादेखि लिएर संघीय तहमा प्रदेशिक तहमा, नगरपालिका र पाकिला तहमा छ । दुनियाँको हरेक देशको संधिवानमा तोकिएको हुन्छ, त्यसलाई अवशिष्ट भन्ने हुन्छ । त्ये अवशिष्ट अधिकार कहाँ राखिने त त्यसमा बहस भयो । प्रदीप जीको पनि बहस भयो संविधान बनाउँदा । म पनि यसलाई तल्लो तहमा राख्नुपर्छ भन्ने पक्षमा थिएँ ।

प्रदीप जी त सबैभन्दा बढी तल्लो तहमा राख्ने पक्षमा नै हुनुहुन्थ्यो । अवशिष्ट अधिकार भनेको त, सार्वभौम सत्ता जसमा निहीत हुन्छ, त्यो निहीत अधिकारको तह जनतामा हुन्छ । त्यसैले तल्लो निकायमा हुनुपर्छ भनेर लेख्नुपर्छ भन्ने उहाँ, म पनि । तर संविधानमा लेख्न नेपाली काँग्रेसका कुनै पनि नेताले मानेनन् । किनभने आफूमा राख्न चाहन्छन् नि सबै अधिकार त । लेखिएको अधिकारको प्रयोग केन्द्रिय तहबाट हुनुपर्छ भन्ने अहिले पनि छ । त्यही मानसिकता छ । स्थानीय तह, प्रदेशलाई अधिकार दिइएको छ भनेपनि सिडिओ र एसपीलाई अधिकार दिइएको छ भनेपनि सचिव र आईजीपीले अथवा गृहमन्त्री वा प्रधानमन्त्रीले त्यो अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट अहिले पनि हामी निर्देशित छौँ ।’

नेता निधीले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।




भर्खरै