२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छुः महामन्त्री थापा



अ+ अ-

मङ्गलबारे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन् ।

इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उहाँको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ । उनले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए ।

कांग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुने उनको भनाइ छ । नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर सम्मेलन उद्घाटन गर्न इलाम आएका उनले शुक्रबार सूर्योदय नगरपालिकाको फिक्कलमा समेत कार्यकर्ता भेटघाट गरेका थिए ।