१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा ‘अलविदा’ लेखेका वडाध्यक्ष मृत भेटिए



अ+ अ-

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन् ।

शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएका हुन् ।

मृत भेटिनुभन्दा केहीबेरअघि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिताः साथ निभाउन सकिन । मलाई माफ गरे । घर परिवार, साथिभाई शुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा,’ उनले फेसबुकमा लेखेका छन् ।

उनको पारिवारिक स्रोतका अनुसार शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर फर्किएका थिएनन् ।

उनी नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।