९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मश्री पुरस्कारका लागि दोस्रो चरणमा ५ पुस्तकको सूची सार्वजनिक



अ+ अ-

काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि दोस्रो चरणमा उत्कृष्ट ५ पुस्तकहरुको विस्तारित सूची सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष प्रकाशित मध्ये प्रतिष्ठानमा प्राप्त १८० पुस्तकहरुमध्ये निर्णायक समितिले गरेको सिफारिस अनुसार पहिलो चरणको उत्कृष्ट १५ पुस्तकहरुमध्ये पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरेरिएको प्रतिष्ठानले जनाएको छ ।

विस्तारित पुस्तकको सूची यसप्रकार रहेका छन्ः

पुस्तक           लेखक
१. इजोरियाः सुबिन भट्टराई
२. ऐँठनः विवेक ओझा
३. मनुः डा. देवीप्रसाद सुवेदी
४. मफलरः प्रदीप रोदन
५. शून्यको मूल्यः डा. नवराज केसी
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गर्दै दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गरिएपछि अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने जानकारी दिएका छन् ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण हुने गर्दछ ।